तीजको मौलिकता हराउँदै गएको चिन्ता

यसपालिको तीज पर्व सम्पन्न भएको छ । तीजको महत्व र ऐतिहाँसिकता भित्रै रहेर धेरै चेलिवेटीहरुले तीज पर्व मनाएको भएपनि पछिल्ला बर्षहरुमा भित्रिएका विभिन्न बिकृतिहरुले तीजको मौलीकता समेत यदाकदा हराउँदै जान थालेको चिन्ता हुन थालेको छ । क्यासेट र माईकको भरमा नाँचिने तीज अनि महंगा गहना प्रर्दशन गरेर मनाउने जस्ता भिन्न भिन्न सोचका कारण गरिव, विपन्न समुदायहरुका लागि भड्कीलो बनेको भान भएको छ तीज पर्व ।
तीजलाई महिलाहरुको ऐतिहाँसिकता र मौलिकता भित्रै रहेर सम्पन्न गर्नुपर्ने कुराको थप प्रचार प्रसार गर्दै ऐतिहाँसिकलाई जोगाइ राख्नका लागि पनि महिला अधिकारकर्मीहरुले पहल थाल्नुपर्ने बेला आएको देखिन्छ । तीज पर्व कुनै धर्म, वर्ग, जात वा अन्य बिशेषको नभएर आम महिलाहरुको पर्वको रुपमा बिकास हुँदै गएको भएपनि पर्व भित्रका केही सामान्य बिकृतिहरुलाइ आगामी दिनहरुमा कम गर्दै लैजानुपर्ने देखिएको छ । मादलको तालमा आफ्ना मनका भावना पोखेर बर्षभरीको पिडा कम गर्ने दिनको रुपमा तीजलाई बिकास गर्नका लागि सवैको जिम्मेवारी उत्तीकै रहनुपर्ने देखिन्छ ।
हाम्रो सँस्कृति सिक्नको लागि अरुले लाखौं खर्च गर्ने गरेका उदाहरणलाई आत्मसाथ गर्दै तीजलाई महिलाहरुको अधिकार प्राप्ति मात्र नभै कार्यान्वयन तहसम्म बिस्तार गर्न सकिने निकै महत्वपुर्ण माध्यामको रुपमा बिकास गर्दै मौलिकता हराउनबाट बचाउनुपर्ने तर्फ सर्तकता बढाउनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार